६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका – मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश प्रमेश पोखरेलेको माघ १० गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र २५ हजार जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ वैशाख १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ वैशाख १६ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा जेठ ६ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको ०७९ जेठ ६ गतेको आदेशले आरोपितलाई साधारण तारिखमा रिहा गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १६ गते गरिएको थियो ।