INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा भिनाजु नाता पर्ने भारतको बरेली घर भएका २२ वर्षीय दयाराम गुप्ता विरुद्ध पीडित पक्षले माघ ८ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई विभिन्न प्रलोभनमा पारी वैशाख १८ गते बलात्कार गरेपछि बालिकाको गर्भ रहन गएको र हाल बालिकाले छोरीको जन्म दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाले माघ २ गते पेट दुखेको र अलि सन्चो नभएको बताएपछि बेलौरीको कलकत्तास्थित  पोलिक्लिनिकमा अल्ट्रासाउण्ड र पिसाब चेकजाचँ गर्दा गर्भवती रहेको खुल्न आएको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बलात्कारपछि गर्भ रहन गएको र आठ महिना पुरा भएकोले गर्भपतन गराउन नसकिने स्वास्थ्यकर्मीहरुको भनाइ अनुसार बालिकालाई घर ल्याइएको र माघ ४ गते बालिकाले घरमै छोरी जन्माएको पीडितका बुबाले बताउनु भयो ।

हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुबै जना आफूसँगै बस्दै आएको समेत पीडितका बुवाको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर दानबहादुर भण्डारीका अनुसार यस अघि वैशाख  १९ गते ती युवक र बालिकालाई भारत भागेर जान लागेको अवस्थामा बोर्डरबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइको थियो ।

पीडित परिवारले दिएको उजुरीका अधारमा घटनामा संलग्न फरार आरोपितको खोजी कार्य भइरहेको समेत इन्स्पेक्टर भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

अन्य

भिडियो