INSEC Online

📅 २०८३ जेष्ठ २१

मतपत्र च्यातेको आरोपमा गिरफ्तार दुवै जना धरौटीमा रिहा

गत जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका माओवादी केन्द्रका दुई जना कार्यकर्ता जेठ १८ गते धरौटीमा रिहा भएका छन् ।

चितवन जिल्ला अदालतले मत पत्र च्यातेको आरोपमा गिरफ्तारमा परेका माओवादी केन्द्रका प्रतिनिधिहरू मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जनही एक लाख रुपियाँ धरौटी माग गरेकोमा धरौटी रकम वुझाइ उनीहरू रिहा भएका हुन् ।

न्यायाधीश बासु पौडेलको इजलासले न्यौपाने र शिवाकोटीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईले जानकारी दिए ।

अन्य

भिडियो