बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त यादव पुस २४ गते गिरफ्तार भएका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । खडक नपा–१ सिस्वा बेल्हीका आरोपितसहित ४५ वर्षीय हरी यादव, २६ वर्षीया प्रकाश यादव, ४६ वर्षीया रामनारायण यादव र नामथर नखुलेका अन्य ३÷४ जनामाथि अपहरण गरेको आरोप लागेको छ ।
बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई ०७८ असोज २ गते राति अपहरण गरी शरिर बन्धक बनाएको भन्दै पीडितका बाबु ७० वर्षीय रामसुन्दर यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा तत्कालै फोनबाट र असोज ५ गते लिखित उजुरी दिनु भएको थियो ।
कल्याणपुर बजारबाट घर फर्किरहेका बेला आरोपितहरूले ना.५७ प ६५६४ नम्बरको रातो अपाचे र नम्बर नखुलेको होण्डा साइन मोटरसाइकल प्रयोग गरी कुटपिट गरी डरधम्की देखाई खडक नपा–११ स्थित खडक नदी किनारको बाटो हुँदै भारततर्फ लैजान लागेको पीडितले बताउनु भएको छ । बन्धक बनाई राखेको अवस्थामा प्रहरीले ०७८ असोज २ गते पीडितलाई सकुशल उद्धार गरेको थियो । पीडितको बोदे बसाईनस्थित स्थानीय मेडिकल पसलमा असोज २ गते उपचार भएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७८ असोज ५ गते अपहरण तथा शरिर बन्धक उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७८ चैत १ गते अभियोग पत्र दायर भएको थियो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७