INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट जेठ १६ गते गिरफ्तार गरेको छ ।

यस अघि वैशाख २१ गते सदरमुकाम गुलरियास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन नेपाली, चन्द्रप्रसाद आचार्य, शिवुटी थारु, डम्मर परियार, विचार महतरालगायतका १३ जनालाई गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाएको थियो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशमा जेठ १६ गते रिहा गरिएको थियो ।

निर्वाचन विरोधी गतिविधि गरेको पर्चा पम्प्लेट भेटिएकाले उनीहरूलाई पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले जानकारी दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पोस्टर टाँस्दै स्थानीय तहको निर्वाचनको विरोध गर्दै आइरहेको छ ।

अन्य

भिडियो