INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रूपनी गापा–३ कटैयाका ४० वर्षीय सकलदेव मुखिया पुस २२ गते गिरफ्तार भएका छन् ।

उजुरी दर्ता भएदेखि नै फरार रहेका आरोपितलाई गाउँघरमै लुकिछिपी रहेको अवस्थामा गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७९ कात्तिक २१ गते आरोपितविरुद्ध उजुरी दिनुभएको थियो । घरमा कोही नभएका बेला ०७९ असोज २२ गते राति आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कात्तिक २१ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयले कात्तिक २१ गते नै उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो