INSEC Online

📅 २०८३ जेष्ठ २१

सात ओटा मतदान केन्द्र अति सम्वेदनशील

धनकुटा जिल्लाका सात ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार ४२ ओटा सम्वेदनशील र ९४ ओटा मतदान केन्द्र सामान्य रहेको छ ।

जिल्लाका अति सम्वेदनशील मतदान केन्द्रमा २४ गाउँपालिका अन्तर्गत रहेका गाविस भवन कुरूले, जनसेवा निमावि बाजथला, जालपादेवी आधारभुत विद्यालय सुरूङी र बुद्ध आधारभुत विद्यालय भदौरे रहेका छन् भने महालक्ष्मी नगरपालिका अन्तर्गतका दिपेन्द्र आधारभुत विद्यालय शिखरकटेरी, सिंहश्वरी आधारभुत विद्यालय र सिद्धेश्वरी आधारभुत विद्यालय रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेत्तीले बताए ।

ती मतदान केन्द्रहरूमा यातायात, सञ्चारलगायतका विभिन्न सेवाहरूको पहुँच राम्रो नभएकाले बढी सम्वेदनशील रहेका छन् भने ४२ वटा केन्द्र सम्वेदनशील रहेका छन् । ती केन्द्रहरूमा सुरक्षा व्यावस्था मजबुद पारिएको प्रजिअ उप्रेतीले बताए ।

१ सय १७ ओटा मतदान स्थल र १ सय ४३ ओटा केन्द्र रहेको धनकुटामा निर्वाचनलाई लक्षित गरी ७ सय नेपाल प्रहरी र ६ सय म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीप राजभण्डारीले बताए । त्यस्तै सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गरिएको जनाइएको छ ।

चार गाउँपालिका र तीन नगरपालिकासहित सात स्थानीय तह रहेको धनकुटामा जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ९५ हजार ३ सय ६७ जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भोलिदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी प्रदीप शाहले बताए ।

अन्य

भिडियो