INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते  निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् ।

चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम बिथोल्दै उनीहरूले प्रचार-प्रसार सामग्रीमा आगो लगाएर जलाएका हुन् ।

राजपाका दुखी यादव, रामप्रसाद यादव, विशेश्वर यादवसमेतका स्थानीय कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी प्रचार-प्रसार सामग्री जलाएको राजपा सप्तरीका अध्यक्ष मण्डलका सदस्य रामप्रित यादवले दावी गरे ।

अन्य

भिडियो