INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका-९ का ३२ वर्षीय तीर्थबहादुर श्रेष्ठलाई जिल्ला अदालत चितवनका न्यायधीश निर्मला सुवेदीको इजलासले पुस ५ गते १० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार बालिकालाई ०७७ फागुन २८ गते कोचिङ कक्षा पढ्न गएको र घर नआएकोमा खोजतलासको लागि प्रहरीमा निवेदन दिई खोजतलास गर्ने क्रममा ०७७ चैत ०३ गते रत्ननगर नगरपालिका १ सौराहाचोक स्थित रहेको होटल रोयलमा बलात्कार गरेको भन्दै पीडितको आमाले ०७७ चैत ४ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको थियो ।

बालिकाको ०७७ चैत ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । श्रेष्ठ चैत ३ गते नै गिरफ्तार भएका थिए ।

अन्य

भिडियो