INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा जेठ १३ गते स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुश प्रदर्शन गरेको छ ।

संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै आन्दोलनमा उत्रिएको राजपा नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो ।

सरकारले पटक-पटक गरेको सहमति कार्यान्वयन नगरी धोका दिएपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताए ।

सभामा वक्ताहरूले जेठ ३१ गते सरकारले गर्न लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै जबरजस्ती चुनाव गर्न खोजे कडा प्रतिकार गर्ने बताए ।

राजपा नेपालले निर्वाचन विथोल्ने चेतावनी दिदै आन्दोलन थालेपछि स्थानीयबासी अन्यौलमा परेका छन् ।

अन्य

भिडियो