१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय बुवालाई पुस ५ गते गिरफ्तार गरेको छ ।
आमाले अर्को विवाह गरी गएको अवस्थामा पीडित बालिका हजुरआमासँगै बस्दै आएको भए पनि पुस ५ गते काम विशेषले बाहिर गएको अवस्थामा मादक पदार्थ सेवन गरेर आएका बुवाले बलात्कार गरेको भन्दै पीडित पक्षले जानकारी गराएपछि पुस ५ गते राति नै आरोपितलाई गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय, दोधाराका इन्स्पेक्टर भरत गिरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितलाई प्रहरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको समेत इन्स्पेक्टर गिरीले बताउनु भयो ।
आफू घर बाहिर गरेको अवस्थामा मादक पदार्थ सेवन गरेर नातनीलाई बलात्कार गरेको जानकारी पाएपछि पुस ६ गते ईलाका प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी हजुरआमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ५ गते महाकाली प्रादेशिक अस्पतालमा गरी बालिकाको स्वास्थ्य अवस्था समान्य रहेकोले अभिभावकको जिम्मा लगाइएको इन्स्पेक्टर गिरीले बताउनु भयो ।