२२ वर्षीया युवतीलाइृ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा–४ बनसाहा निवासी भिमदत्त नगरपालिका–४ मा होटल व्यवसाय गर्दै आउनु भएका सोल्टी नास्ता पसल सञ्चालक ४७ वर्षीय शंकरसिंह बोहरालाई मङ्सीर २९ गते गिरफ्तार गरेको छ ।
घटनामा संलग्न अन्य दुई जना आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सई केशव शर्माले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
सामुहिक बलात्कार गरी फरार रहेकाहरुको नाम आफूलाई जानकारी नभएको पीडित युवतीले पुस ५ गते इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
होटेल सञ्चालक शंकरसिंह बोहराले आफूलाई ललाईफकाई होटेलमा लगेको र होटेलमा लगिसकेपछि सामुहिक बलात्कार गरेको पीडित युवतीले पुस ५ गते इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका मुद्दा फाँटका सई केशव शर्माका अनुसार आरोपित बोहराको बयान लिएको भए पनि फरार रहेका आरोपितहरुको नाम बताउन अस्विकार गरेको बताउनु भयो ।
आरोपितहरुले मङ्सिर २९ गते साँझपख युवतीलाई ललाईफकाई होटलमा लगेर सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सीर २९ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सीर २९ गते महाकाली अस्पतालमा गरिएको र हाल युवतीलाई जानकी टोलस्थित अल्पकालीन सेवा केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालयका सई सपना ऐर चौधरीले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७