१५ वर्षीया बालिकालाई सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर ०७९ पुस ३ गते राति बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी बृत्त थिमिले सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई ०७९ पुस ४ गते गिरफ्तार गरेको छ ।
सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा डेरा गरि बस्ने शेखले बालिकालाई ललाई फकाई प्रलोभनमा पारेर राति एकान्तमा लगेर बलात्कार गरेको पीडित बालिकाको अभिभावकले महानगरीय प्रहरी वृत्त थिमिमा पुस ४ गते जाहेरी दिए पछि प्रहरीले शेखलाई उनकै कोठाबाट गिरफ्तार गरेको डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।
पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरि परिवारको जिम्मा लगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।