खैरहनी नपा-१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको बलात्कार पछि उपचारको क्रममा मृत्यु भएको घटनामा चितवन अदालतले उनको पति रामचन्द्र माझीलाई आजिवन जेल बस्ने फैसला सुनाएको छ ।
मङ्सिर २८ गते न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले आरोपित माझीलाई बाँचुञ्जेल जेलमा बस्ने गरी सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो । पीडित पक्षलाई १ लाख क्षतिपूर्ती र २ हजार ८ सय पीडित राहत कोषमा जम्मा गर्ने फैसला भएको अदालतले जनाएको छ ।
०७९ जेठ १२ गते मादक पदार्थ सेवन गरि आएका पति रामचन्द्र माझीको निर्घात कुटाइबाट घाइते भएकी थिईन् । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा जेठ १६ गते राती मृत्यु भएको थियो ।
पतिले हात र लाठी यौनी र मलद्धारमा छिराउँदा गुप्त अंगका भागहरू च्यातिएर अप्रेशन भएको थियो ।
बलात्कार पछि गहिरो चोटका कारण आमाको उपचारका क्रममा मृत्यु भएको भनी गीताकी छोरी पुष्पा माझीले जिल्ला प्रहरी कार्यालय चितवनमा जवरजस्ती करणी र कर्तव्य ज्यान अन्तर्गत उजुरी दिएकी थिइन् ।
आरोपित ४० वर्षीय रामचन्द्र माझी जेठ १२ गते राती नै गिरफ्तार भएका थिए ।
भित्रि अंगको भित्ते भाग च्यातिएको र त्यस भागलाई अप्रेशन मार्फत पुन पहिलेकै अवस्थामा ल्याउने काम गरिएको थियो ।
उनको परिवारलाई राहत स्वरूप इन्सेकले तत्काल १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।