INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला

१३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बुवालाई जिल्ला अदालत चितवनले २० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

न्यायधीश डिल्लीराम अर्यालको पुस १ गतेको इसालसले हाडनाता करणीको कसुरमा २० वर्ष कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

छोरीलाई ०७९ वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडितको आमाले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

घटनामा स्रलग्न भएको भन्दै आरोपित बुवालाई प्रहरीले जेठ १६ गते गिरफ्तार गरेको थियो । न्यायधीश केशव अधिकारीको इजलासबाट आरोपित असार ६ गते पूर्पक्षका लागि थुनामा गएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १७ गते भरतपुर अस्पतालमा भएको थियो ।

अन्य

भिडियो