६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—३ का १८ वर्षीय सुशान्त खनाललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते कोठा भित्र लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका आरोपितलाई घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी म्याद थपको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको एकद्वार संकट व्यवस्थापनका संयोजक मीरा शाहले बताउनु भयो ।