INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की

दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् ।

जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुनसक्ने भन्दै चेतावनी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो पार्टीले च्वागढ क्षेत्रमा निर्वाचन गतिविधि र मतदानमा सहभागी नहुन स्थानीयलाई दबाव दिइरहेको स्थानीयको गुनासो छ ।

गाँउपालिका कार्यालयबाट जेठ ७ गते मात्रै जानकारी आएको र उक्त घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था मजबुद बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताए ।

अन्य

भिडियो