२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुनिचाँदे गाउँपालिका–११ का ५६ वर्षीय सेते सार्कीलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालााई आरोपितले मङ्सिर २ गते सुर्खेतको सिम्ता गाउँपालिका–२ राकममा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा मङ्सिर ३ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीपछि फरार रहेका आरोपित सार्कीलाई खोजतलास गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको पत्रपछि गोप्य सूचनाका आधारमा आरोपितलाई आरोपितकै घरमा लुकेरबसेको अवस्थामा पञ्चलादह प्रहरी चौकीको प्रहरी टोलीले गिरफ्तार गरेर अड्डासार गरी इलाका प्रहरी कार्यालय छिन्चुमा मङ्सिर १४ गते नै आरोपितलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष निरौलाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा मङ्सिर ३ गते गरिएको कुरा स्वास्थ्य जाँचको कागजातबाट खुलेको समेत प्रहरीले जनाएको छ ।