थाहा नगरपालिका–१२ गैरीगाउँका ८९ वर्षीय आईत सिङ स्याङ्तानको हत्या गरके आरोपमा सोही स्थानका ३५ वर्षका टाईसन गोलेलाई प्रहरीले ०७९ मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
समान्य घरायसी विबादको क्रममा गोलेले मङ्सिर ८ गते कोदालोको बिडले टाउकोमा प्रहार गर्दा घाइते भएका स्याङ्तानको उपचारका क्रममा सोही दिन मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ ।
घरायसी कुरामा भनाभन पछि भएको झगडाको क्रममा आरोपित गोलेले कोदालोको बिडले स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते तुल्याएका थिए ।
स्याङ्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम मङ्सिर ९ गते त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गरियो ।
आरोपित गोलेलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान भइरहेको इन्स्पेक्टर दुर्गा खनालले बताउनुभयो ।