INSEC Online

📅 २०८३ जेष्ठ २१

विजय जुलुस सकेर घर फर्किँदा आक्रमण, दुई जना घाइते

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरमा विजयी भएकी तारा कुमारी शाहीसहितको टोलीमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले जेठ ४ गते आक्रमण गरेर दुई जनालाई घाइते बनाएको एमालेले आरोप लगाएको छ ।

चुनावी परिणाम पश्चात विजय जुलुस सम्पन्न गरी घर जाने क्रममा बुढौली भन्ने स्थानमा काङ्ग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको सो पार्टीले जनाएको छ ।

आक्रमणमा परी अन्तर्राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष योगेन्द्र शाही र मदन शाही घाइते भएको नेपाल पत्रकार महासङ्घ दैलेखका पूर्व अध्यक्ष नमनकुमार शाहीले जानकारी दिएका छन् ।

विजयी उपमेयर माथि आक्रमणको प्रयास भएपछि उपमेयरको सुरक्षा गर्न जाँदा उनीहरू घाइते भएको बताइएको छ ।

उपमेयर सहित अन्य एमाले कार्यकर्ताहरू बर्त शाहीको घरमा लुकेर बसेको बताइएको छ । घटनाको जानकारीपछि प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले थप सुरक्षाबल पठाएको जानकारी दिएका छन् ।

अन्य

भिडियो