INSEC Online

📅 २०८३ जेष्ठ २१

निगरानी समूहलाई निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

पाल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरतमणि खनालले मानव अधिकार निगरानी समूहलाई स्थानीय तहको निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।

मानव अधिकार निगरानी समूह पाल्पाले जेठ ३ गते गरेको अर्न्तक्रियाका क्रममा खनालले पाल्पामा निर्वाचनको तयारी भइरहेको बताए । उनले जेठको दोस्रो साता बाट नगरपालिका र गाउँपालिकामा समेत निर्वाचन अधिकृतका कार्यालय खुल्ने र काम अझ अगाडि बढ्ने बताए ।

“पाँच गतेबाट मतदाता शिक्षाको काम पनि अगाडि बढ्छ । अहिले गाउँगाउँमा निर्वाचनको माहोल बढेको छ ।”-उनले भने । निर्वाचनका लागि कर्मचारी ब्यवस्थापनको काम पनि अगाडि बढेको उनले बताए ।

आफ्नो तर्फबाट निर्वाचन आचारसंहिता कडाइका साथ अनुगमन हुने र कसैले उजुरी दिएमा तत्काल अनुसन्धान अगाडि बढाइने खनालले बताए । उनले भने-“हामीले कतिपय स्थानमा पुगेर निर्वाचन आचारसंहिताबारे सरोकारवालाहरूलाई समेत जानकारी गराइसकेका छौँ ।”

अन्य

भिडियो