स्थानीय तह निर्वाचनको विजय उत्सव मनाउने क्रममा झडपका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले दैलेख जिल्लाका सबै स्थानमा जेठ २ गते साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै किसिमका नारा जुलुस नगर्न सार्वजनिक सूचना गरेको छ ।
प्रहरीको आफ्नै गाडी तथा स्थानीय रेडियोमार्फत जेठ २ र ३ गते साँझ ७ बजेपछि नारा जुलुस नगर्न सूचना जारी गरिएको छ ।
जेठ १ गते साँझ विजय जुलुसका क्रममा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप भएपछि यो सूचना जारी गरिएको प्रहरीले जनाएको हो ।
विजय उत्सवलाई व्यवस्थित गर्न र शान्ति सुरक्षालाई प्रभावकारी बनाई राख्न साँझ ७ बजेपछि विजय जुलुस नगर्न सार्वजनिक अपिल गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्र खड्काले बताए ।