INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको राससले जनाएको छ ।

Local Level Election 2017 (1st Phase) in different places of Lalitpur

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।

Local Level Election 2017 (1st Phase) in different places of Lalitpur

आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

Local Level Election 2017 (1st Phase) in different places of Lalitpur

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने- “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

Local Level Election 2017 (1st Phase) in different places of Lalitpur

आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका-४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

Local Level Election 2017 (1st Phase) in different places of Lalitpur

मतदान कार्य सम्पन्न भएसँगै सबै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उनले जानकारी दिए ।

Photo20170514Ktm5

पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भएपनि आज २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारफु गाउँपालिका र डोल्पा जिल्लाको सेफोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए ।

काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भनी उनले मतदाताको प्रशंसा गरे ।

Photo20170514Ktm6

प्रमुख निर्वाचन आयुक्त डा यादवले आजको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताए ।

Photo20170514Ktm7

मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ ।

Photo20170514Ktm8

मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ ।

आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहजढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दाबी गरेको छ ।

Photo20170514Ktm9

मतदान कार्यमा अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई आयोगले धन्यवाद व्यक्त गरेको छ ।

Photo20170514Ktm10

राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको जनाउँदै आयोगले भनेको छ-निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोग हार्दिक अपिल पनि गर्दछ ।

Photo20170514Ktm11

मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ ।

मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताउँदै आयोगले मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति सन्तोष पनि व्यक्त गरेको छ ।

Photo20170514Ktm12

मतदान कार्यलाई सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार, मित्रराष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति पनि आयोगले धन्यवाद ज्ञापन गरेको छ ।

.

.

.

.

फोटोहरूः बिमलचन्द्र शर्मा/इन्सेक
फोटोहरूः बिमलचन्द्र शर्मा/इन्सेक

अन्य

भिडियो