दोलखाको मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागि सोही ठाउँका काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय नकुल भुजेलको मृत्यु भएको छ ।
वुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको आरोप छ । घाइतेको सङ्ख्या यकिन नभएका कारण उनीहरूको विवरण आउन बाँकी छ । घाइेतहरूलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले बताए ।