दोलखाको तामाकोशी गाउँपालिका-३ जफेस्थित हेल्थ पोष्ट केन्द्रमा रहेको मतदान केन्द्रमा खसाल्न बाँकी रहेको मत नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो कब्जामा लिन खोज्दा प्रहरीले हवाइ फायर गरेको छ । २ः४३ बजेसम्ममा यो मतदान केन्द्रमा रहेको १ हजार २ सय २५ मतदाता मध्ये ७ सय ३२ मत खसेको छ ।