१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–६ का राजकुमार खत्रीलाई ०७९ कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०७९ कात्तिक ९ गते त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित बाटोमा हिँडिरहेको अवास्थामा यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट ०७९ कात्तिक १४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आफूले उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडितको ०७९ कात्तिक १४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।