जिल्लास्तरीय आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरित लगाइएका पार्टीका झण्डाहरु हटाउन कात्तिक २० गते निर्देशन दिएको छ ।
पार्टीका झण्डाहरुको माला बनाई आचारसंहिता विपरित सडक र सार्वजनिक स्थलमा लगाउने कार्य गरिएकोले सो झण्डाहरु हटाउन पार्टीहरुलाई मौखिक निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सबै दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता गरेका थिए । यद्दपी, सडकहरुमा अचारसंहिता विपरित पार्टीका झण्डाहरु लगाउने कार्य नरोकिएकोले हटाउनका लागि निर्देशन दिइएको छ । निर्देशनको पालना नभए कानुन अनुसार कार्वाही पक्रिया समेत अगाढी बढाइने छ ।’

मौखिक रुपमा निर्दशन दिदा हटाउछौँ भनिएको छ, नहटाए थप प्रक्रिया अगाढी बढाउछौँ, उहाँले भन्नु भयो ।
नेकपा एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले चुनावी सभा सुरु भएको दिन कार्यकर्ताहरुले झण्डाहरु टास्ने कार्य गरेको भएपनि हटाउने कार्य भइरहेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर चन्दले निर्वाचन अनुगनम समितिबाट झण्डाहरु हटाउन निर्देशन आएकोले टागीएका झण्डाहरु हटाउने कार्य भइरहेको बताउनु भयो ।
