INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

झडपमा नेकपा एमालेका कार्याकर्ता तिल बोहोरा र नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलका रत्नबहादुर बिष्ट सामान्य घाइते भएका छन् ।

एमालेका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको सुनेपछि काङ्ग्रेसका कार्यकर्ता उक्त गाउँमा पुगेपछि दुवै पक्षका कार्यकर्ताबिच झडप भएको नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार दिलबहादुर विष्टले आरोप लगाए ।

अन्य

भिडियो