दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप भएको छ ।
मतदातालाई मतदान केन्द्रमा आउन दुवै पक्षका कार्यकर्ताले अवरोध गरेका कारण दुई पक्षबिच झडप भएको जनाइएको छ ।
झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता अशोक कार्कीलगायत तीन जना काङ्ग्रेसका कार्यकर्ता घाइते भएको स्थानीय सृजना कार्कीले बताइन् ।