भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३० बजे झडप भएको छ ।
झडपमा सोही नपा-१ कालेगाउँ निवासी २१ वर्षीय एमाले कार्यकर्ता ज्ञानु रावत घाइते भएका छन् ।
दाहिने आँखामा चोट लागेका घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । आँखामा चोट लागेका घाइतेलाई थप उपचारका लागि नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ ।
चुनावी प्रचार प्रसारका घरमा मतदातासँगको भेटघाट कार्यक्रममा सोही ठाउँ निवासी माओवादी केन्द्रका कार्यकर्ता २४ वर्षीय डम्बर रेग्मी, २३ वर्षीय यज्ञ बस्नेत र २१ वर्षीय रोशन रोकायले कुटपिट गरेको एमाले जिल्ला कमिटी सदस्य शिवप्रसाद शर्माले आरोप लगाए ।