INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका तेहृथुम, आठराई गाउँपालिका–४ का ५४ वर्षीय  मानबहादुर खपाङ्गीको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

केहीदिन अघिबाट खानामा अरूची भएर बिरामी भएपछि कात्तिक १२ गते कोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएका खपाङ्गीको उपचारका क्रममा कात्तिक १५ गते साँझ मृत्यु भएको मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले बताउनु भयो ।

बलात्कार मुद्दामा जिल्ला अदालत तेहृथुमले ०७४ माघ ९ गते खपाङ्गीलाई १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापछि जिल्ला कारागारमा तेहृथुममा दुई वर्ष कैद सजाय भुक्तान गरेका खपाङ्गीलाई ०७६ मङ्सिर २४ गते मोरङ कारागारमा ल्याइएको निमित्त जेलर भगतले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि कोसी अस्पतालको शव गृहमा राखिएको छ ।

कात्तिक १७ गते पीडित परिवारले शव बुझ्ने गरी प्रक्रिया थालिएको कारागार प्रशासनले जनाएको छ ।

अन्य

भिडियो