INSEC Online

📅 २०८३ जेष्ठ २१

काका हत्या आरोपमा भतिज गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले काकालाई कात्तिक १२ गते घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर दिएपछि आरोपितलाई अनुसन्धानका लागि घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो ।

शवको पोष्टमार्टम कात्तिक १३ गते जिल्ला अस्पतालमा गरिएको अस्पतालका डाक्टर पुस्कल राईले बताउनु भयो ।

कात्तिक १३ गते शव बुझी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङमा सद्गत गरेको मृत्तकका छोरा विवेक राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

अन्य

भिडियो