INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा ३५ वर्षीय दिपक पौडेल रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

यसैबीच निर्वाचनलाई बिथोल्दै हिडेको आरोपमा प्रहरीले वैशाख २९ गते साँझ पनि बुटवलबाट नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा खगेन्द्र पौडेल, माधव पौडेल र युवराज न्यौपाने रहेको माओवादीका रुपन्देही इन्चार्ज सरोज वलीले बताए ।

अन्य

भिडियो