INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते नेपाल कम्युनिष्ट पार्टीको ५ नम्बर क्षेत्रका क्षेत्र इन्चार्ज खुमानसिहं परियार, जिल्ला सदस्य राजेन्द्र प्रसाद शाह, वडा समिति सदस्य नन्दलाल पुरी र पश्चिम कमान्डर मान बहादुर बुढालाई उनीहरूको घरबाटै गिरफ्तार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

निर्वाचन आचार संहिता विपरित सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ । बिहान देखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने उद्योगधन्दा कलकारखाना, बजार बन्द रहेका छन् । जिल्लाका चन्द्रौटा, गोरुसिहें, जितपुर, ओदारी, तौलिहवा, महाराजगन्ज, पकडी, लबनी लगायतका बजार बन्द रहेका छन् भने प्रेस, एम्बुलेन्स, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका साधन, विवाहका सवारी साधन भने संचालन रहेका छन् ।

अन्य

भिडियो