INSEC Online

📅 २०८३ जेष्ठ २१

बाटोमा राखिएको प्रेसरकुकर बम सेनाको टोलीबाट निस्क्रिय

पोखरा-लेखनाथ मनपा-८ सभागृहचोकमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले वैशाख ३० गते निस्क्रिय बनाएको छ । सडकको छेउमा झोलाभित्र शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । यसैबिच बम राखेको आशंकामा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा पोखरा-लेखनाथ मनपा-६ बाट पुर्ण बहादुर राउत, पोखरा-लेखनाथ मनपा-७ बाट टिकाराम भण्डारी र टाँसी वाङ्दुलाई गिरफतार गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

यसैगरी तालबाराही माविमा रहेको मतदान केन्द्रमा वैशाख २९ गते राति सुतली बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । बम कसले विष्फोट गरायो भन्ने नखुले पनि नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका रहेको प्रहरीले जनाएको छ । साथै घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय डिएसपी खत्रीले जानकारी दिए ।

अन्य

भिडियो