INSEC Online

📅 २०८३ जेष्ठ २१

कम्युनिष्ट पार्टीका सचिव सहित दुई गिरफ्तार

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सचिव गोकुल पराजुली र जिल्ला सदस्य ममता रुचाललाई वैशाख ३० गते दिउँसो गिरफ्तार गरेको छ । स्थानीय निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । उनीहरूलाई व्यास नपा-१२ घाँसिकुवा नजिकैबाट प्रहरीले गिरफ्तार गरेको एसपी उमेशराज जोशीले बताए ।

सो पार्टीले आहृवान गरेको नेपाल बन्दको क्रममा शनिबार बिहान पृथ्वी राजमार्गको बेलभञ्ज्याङमा ट्रक र रिसिङ गाउँपालिका-६ चालिसेमा बसमा आगजनी गरेको आरोपमा पनि उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो