स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ ।
लिखु गाउँपालिका-१ ढिकुरेमा वैशाख ३० गते बिहान १ बजेतिर सिलिण्डर बम विस्फोट गराइएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहोराले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो विष्फोट कसले गरेको हो नखुलेको बोहोराले बताए ।
प्रहरीले वैशाख २९ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार गरेको थियो ।
वैशाख २९ गते विदुर नपा-२ शेराबाट सो पार्टीका ३९ वर्षीय जिल्ला सेक्रेटरी सागर तिमल्सिना र ३० वर्षीय सदस्य नवराज तामाङलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।