नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित गिरफ्तार गरेको राससले जनाएको छ ।
माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार तामाङका छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी देवबहादुर बोहराले जानकारी दिए ।
तामाङद्वयले प्रचार अभियानपछि घर फर्कँदै गरेका सो गाउँपालिकाका नेपाली काङ्ग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।