निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
प्रहरीले रुपा गाँउपालिका-५ बाट प्रहरीले प्रकाश बास्तोला र गोबिन्द ओलीलाई गिरफ्तार गरेको जनाएको छ ।
आरोपित दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गाबहादुर गुरुङले जानकारी दिए ।