नेकपा एमालेका वागचौर नपामा मेयरका उम्मेदवार लोकबहादुर डाँगीले निर्वाचन प्रचारका क्रममा सोही नपा-२ स्थित सनलाइट होटलको बाहिर पार्किङ् गरी राखेको अवस्थामा भे १ च १५६२ नम्बरको बलेरो जीप र रा ३ प ६९९८ नम्बरको मोटरसाइकल वैशाख २८ गते राति १० बजे अज्ञात समूहले आगजनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न पक्षको पहिचान नभएको बताए ।
डिएसपी खत्रीका अनुसार घटनाको सूचना पाएपछि तत्काल प्रहरी घटनास्थल पुगी अनुसन्धान गर्दा दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट जीप र मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ ।
यसैबिच मतदान परिचय पत्र बुझेर घर फर्कदै गर्दा शारदा नपा-१० मदनाका ४५ वर्षीय खुमबहादुर कुँवरको लडेर वैशाख २९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।