INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि इन्सेकले संयोजन गर्ने

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतदान प्रक्रियासम्मका गतिविधिलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दैलेखमा पर्यवेक्षण गर्ने संस्थाले सूचना केन्द्रको कार्य गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई संयोजकको जिम्मेवारी दिएको छ ।

दैलेखमा पर्यवेक्षण गर्ने संस्थाहरूको वैशाख २९ गते सदरमुकाममा बसेको बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्वच्छ, निष्पक्ष निर्वाचन भए नभएको सूचना समन्वय गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिल्लाका ११ वटै इकाईहरूमा निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला समन्वय समिति र सुरक्षा निकायको समेत सक्रियतामा निर्वाचन प्रभावकारी तयारीको प्रशंसा गर्दै मतदाता परिचय पत्र वितरणलाई सहज बनाउन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिएको छ ।

अन्य

भिडियो