निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता वीरबहादुर कठायतलाई वैशाख २९ गते गिरफ्तार गरेको छ ।
पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ताका इञ्चार्ज कनकासुन्दरी गाउँपालिका-९ का ३० वर्षीय वीरबहादुर कठायतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
पातारासी गाउँपालिका-७ पटमारामा कठायतले निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए ।
यसअघि प्रहरीले सो पार्टीका भेरी कर्णाली पोलिटव्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज चन्दवीर तिरुवा (रविकिरण) लाई सदरमुकामबाट गिरफ्तार गरेको थियो ।