INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोटमा ५४ मतदानस्थल अति संवेदनशील

स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको राससले जनाएको छ ।

वैशाख २८ गते आयोजित पत्रकार सम्मेलनमा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका एक सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई अति संवेदनशील, ५० स्थललाई संवेदनशील र २५ स्थललाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रजिअ पोखरेलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि दुई नगरपालिकामा दुई/दुई र १० गाउँपालिकामा एक एक प्रहरीको मोबाइल गस्ती, सशस्त्र प्रहरी बलको २८ मोबाइल गस्ती तथा सेनाका ११ बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ । उनले जिल्लामा २ हजार ८ सय ७१ सुरक्षाकर्मी परिचालन गरिएको बताए । निर्वाचनको दिन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एकसाथ रहेर निर्वाचन सुरक्षामा ध्यान दिने योजना सार्वजनिक गरिएको छ ।

अन्य

भिडियो