INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आफ्नै घरमा काम गर्ने १९ युवतीलाई ०७९ असोज १२ गते बलात्कार गरेको आरोपमा बैतडी जिल्ला सिगास गाँउपालिका–५ घर भई मध्यपुरथिमि नगरपालिका –९ बोडे कस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई प्रहरीले असोज १२ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित युवतीले आरोपित चन्दविरुद्ध असोज १२ गते नै महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएपछि गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा असोज १२ गते गरियो ।

अन्य

भिडियो