२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ चम्फुलाका ३० वर्षीय मोहनजङ्ग राईलाई असोज ९ गते गिरफ्तार गरेको छ ।
सोही घटनामा मिलेमतो गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ मादलेका ३१ वर्षीय दावा शेर्पालाई समेत सोही दिन गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७९ असोज ८ गते बलात्कार गरेको र दावाले बलात्कार घटनामा पीडितलाई प्रभावमा पारेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ८ गते गरिएको छ ।