६० वर्षीया महिलालाई असोज ६ गते बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० गज्जरका १८ वर्षीय भोज तिरुवालाई असोज ७ गते गिरफ्तार गरेको छ ।
उखुबारीमा काम गरिरहेको बेला महिलालाई बलात्कार गरेको कारण आरोपित विरुद्व असोज ७ गते जिल्ला प्रहरी कार्यालय, कन्चनपुरमा उजुरी दिएको पीडितका छोराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कन्चनपुरका असई सपना ऐरीले इन्सेक प्रतिनिनिधसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।