INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा आमसभा गरेको भन्दै उजुरी

स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा चुनावी सभा गरेको भनी निर्वाचन कार्यलयमा मौखिक उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत भोला रेग्मीले जानकारी दिएका छन् ।

स्वास्थ मन्त्री थापाले पोखरा-लेखनाथ महानगरपालिका वडा नं १३ र २४ मा वैशाख २७ गते चुनावी सभालाई सम्बोधन गरेका थिए ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद-३ अन्तर्गत नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणमा निर्वाचन प्रचार-प्रसारमा सहभागी हुन नहुने बुँदा अन्तर्गत नेपाल सरकारका मन्त्री वा सार्वजानिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

अन्य

भिडियो