१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका –५ का १९ वर्षीय धिरज मगरलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितविरूद्व प्रहरीमा उजुरी दिएको पीडितकी ४४ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई सुनसरी जिल्ला, इनरूवा नगरपालिका–४ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय ईश्वरी पुन मगरलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितविरूद्व प्रहरीमा उजुरी दिएको पीडित बालिकाका २५ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई सुनसरी जिल्ला, इनरूवा नगरपालिका–४ बाट बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।