कालिका नगरपालिका-११ निवासी ३९ वर्षीय सिफल पर्जाको वैशाख २६ गते बिहान ३ बजे चट्याङ लागेर मृत्यु भएको छ ।
स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट सोही वडाको वडा सदस्य पदका उम्मेद्वार थिए ।
चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले बताएका छन् ।