INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेको भन्दै जिल्लाका पाँच जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ ।

नेकपा एमाले समर्थक नेपाल शिक्षक सङ्गठनमा आबद्ध बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका शिक्षक चन्द्र बुढा, ज्योती प्राविका शिक्षक गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रद्यानाध्यापक कृष्णबहादुर बोहोरा र हिमज्योती प्राविका प्रद्यानाध्यापक तुलबहादुर विष्टविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

विद्यालयमा पढाउन छोडी एमाले उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ता जयबहादुर रोकायले उजुरी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत सनतकुमार लवटले उजुरी परेका सबै शिक्षकसँग वैशाख २५ गते स्पष्टीकरण सोधिएको र चार जना शिक्षकबाट स्पष्टीकरण प्राप्त भएको जानकारी दिए ।

अन्य

भिडियो